फास्ट ट्रयाकको सडकमा मल्लकालभन्दा अगाडिको इनारसहित ऐतिहासिक बस्ती भेटियो

काठमाडौ‌ मंसिर १२, / निर्माणाधिन काठमाडौं तराई÷मधेश दु्रतमार्ग (फास्ट ट्रयाक ) को विषयलाई लिएर चर्को विरोधमा उत्रिरहेको खोकना फेरी चर्चामा छ।स्थानीयहरुले फास्ट ट्रयाकको लागि रेखाङकन गरिएको स्थानमा पुरातात्विक सम्पदाहरु रहेको र त्यसलाई उत्खनन् गर्न पुरातात्व विभागलाई बारबार ताकेता गरेपनि वेवास्ता गरिएको स्थानीयले जनाइका छन्।

ललितपुरको कुदेशमा रहेको गुरुपौचैत्यको ३५ मिटर दक्षिणतिर खन्दा प्राचिन इनार भेटिएको छ । सानो आकारको इनार मल्लकालभन्दा अगाडिको भएको दाबी पुरातत्वविद् छत्रबहादुर कायस्थको दाबी छ। उत्खनन्को क्रममा चैत्यको उत्तरतिर मूर्तिहरु, इँटा छापेको बाटो, घरका जगहरु, प्राचीन माटाका भाँडाकुडाँ, डलुचा र देवालगायतका प्राचीन बत्ती भेटिएका छन् । हाल ती सम्पूण बस्तुहरु सुरक्षित गरी राखिएको अभियानका सदस्य महर्जनले बताए।

‘खन्दा भेटिएका पुराना वस्तु सुरक्षित राखेका छौं। यी वस्तु कति प्राचीन हुन् भनेर विस्तृत अध्ययन गर्ने व्यवस्था गरिराखेका छौँ,’ उनले भने। खोकनाको कुदेशमा करिब डेढ फिट जति उत्खनन गरेको बेला ती सामानहरु भेटिएको स्थानीयले बताएका छन्। फास्ट ट्रयाक लाने तयारी भएको क्षेत्रमा खन्ने क्रममा माटाका, ढुंगाका बिभिन्न सामग्री फेला परेका हुन।

खनिएका स्थानमा उत्खनन गरेर हेर्ने क्रममा पुरानो बस्ति नै भेटिन सक्ने स्थानियको अनुमान छ। पुरातत्वविद् कायस्थले यस ठाँउमा एक हजार वर्ष अघि देखि नै बस्ति हुनु पर्ने अनुमान गरे। विभागका प्रवक्ता रामबहादुर कुँवारले देखिएको पुरातात्विक बस्तुलाई नछुने गरी र खन्दै जाँदा भेट्टिएका पुरातात्विक वस्तुलाई जीर्णोदार र संरक्षण गर्ने हिसावले फास्ट ट्रयाक खन्न सिफारिस गरिएको बताए।

‘हामीले स्थलगत अवलोकन गरेका हौँ, खासै उत्खनन् गर्नु पर्ने औचित्य देखिएनौँ ।’, उहाँले भन्नुभयो–‘साँस्कृतिक पुरातात्विक सम्पदा जोगाउनु पर्छ त्यसमा शंकै छैन।’प्राचिन स्मारक संरक्षण ऐन, २०१३ ले पुरातात्विक वस्तु भन्नाले प्राग ऐतिहासिक कालमा मानिसले निर्माण गरी उपभोग गरेको बस्तु वा कुनै पनि देशको इतिहास बोध गराउने बस्तुहरु ढुंगा, काठ, माटो, हस्तीहँड, धातु लगायतलाई भनिएको छ। यो खबर आजको समाचारपत्र दैनिकमा सुरेश तामाङले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्