टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

उर्लाबारी। पूर्वपश्चिम राजमार्ग अन्र्तगत मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा गए राति टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक झापा, मेचीनगर नगरपालिका–१४ धाइजन बस्ने ३० वर्षीय पदम राजवंशीको रहेको छ ।


पश्चिमबाट पूर्व आउँदै गरेको बा६४प १९९१ नंको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको को१ख ५७५२ नंको टिपरले ठक्कर दिँदा
गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो।उक्त टिपरलाई नियन्त्रणमा लिइए पनि चालक भने फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल बजगाईंले जानकारी दिएका छन ।


प्रतिक्रिया दिनुहोस्