च्याम्पियन्स लिगमा आज ८ खेल हुँदै, आज हुने खेल र समय

मंसिर १२ /   च्याम्पियन्स लिग समूह चरणअन्तर्गत आज पाँचौं चरणका ८ खेल हुँदैछन् ।

 

आजका खेलमा केही खेलमा युरोपका बलिया र पावर हाउस मानिने टोली भिड्दैछन् । यी खेल धेररैका लागि प्रतीक्षाको खेल हुनेछन् । जसमा आज एथ्लेटिको मड्रिड, पिएसजी, लिभपुरल, बार्सिलोना, टोटनह्याम, इन्टर मिलानलगायत टोलीका खेल हुँदैछन् ।

आजको खेलको नतिजाले नै कुन टोली अर्को चरण जाँदैछ र कुन बाहिरिँदैछ भन्ने कुराको लगभग टुंगो लाग्नेछ

आज हुने खेल र समय :

लोकोमोटिभ मोस्कोविरुद्ध गालाटासरी – राति ११ः४० बजेदेखि
एथ्लेटिको मड्रिडविरुद्ध मोनाको – राति ११ः४० बजेदेखि
बोरुसिया डर्टमुन्डविरुद्ध क्लब ब्रुगी – राति १ः४५ बजेदेखि
पिएसजीविरुद्ध लिभरपुल – राति १ः४५ बजेदेखि
नापोलीविरुद्ध रेड स्टार बेलग्रेड – राति १ः४५ बजेदेखि
पिएसभीविरुद्ध बार्सिलोना – राति १ः४५ बजेदेखि
पोर्टोविरुद्ध शाल्के – राति १ः४५ बजेदेखि
टोटनह्यामविरुद्ध इन्टर मिलान – राति १ः४५ बजेदेखि,  एजेन्सी


प्रतिक्रिया दिनुहोस्