१ सय २६ घण्टा नृत्य गरेर बन्दनाले राखिन विश्व कीर्तिमान

काठमाडौं, १२ मंसिर / १ सय २६ घण्टा नृत्य गरेर भारत केरलाकी कलामण्डल हेमथलाको रेकर्डलाई ब्रेक गर्दै बन्दना नेपालले नयाँ कीर्तिमान कायम गरेकी छन् ।


बन्दनाले गत मंसिर ७ गतेबाट आज दिउँसो ३ बजेसम्म निरन्तर नृत्य गर्दै १ सय २६ घण्टाको कीर्तिमान बनाएकी हुन् । यसअघि, भारत केरलाकी हेमथलाले १ सय २३ घण्टाको रेकर्ड बनाएकी थिइन् ।

कीर्तिमानसँगै ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा बन्दनाले सबैभन्दा लामो समयसम्म नृत्य गर्ने महिलाको पहिचान बनाएकी छन् ।


प्रतिक्रिया दिनुहोस्