बार्सिलोनाले पिएसभीलाई हराउदै अन्तिम १६ मा प्रबेश

काठमाडौँ  /  च्याम्पियन्स लिग फुटबल समूह चरणअन्तर्गत गत राति भएको पाँचौं खेलमा स्पेनिस बार्सिलोनाले  नेदरल्यान्ड्सको क्लब पिएसभी इन्ढोभेनमाथि उसकै घरमा १–२ को जित निकाल्यो ।

बार्सिलोनाका लागि लिओनल मेस्सीले ६२औं मिनेटमा पहिलो गोल गरे । अर्को गोल ७०औं मिनेटमा जेरार्ड पिकेले गरेका थिए । आफ्नै घरमा पराजित पिएसभीका लागि खेलको ८२औं मिनेटमा लुक डे जोङले गोल गरे पनि त्यसले हार टार्न सकेन । यो जितपछि बार्सिलोनाको खातामा ५ खेलबाट १३ अंक भएको छ ।

ऊ यसअघि नै अन्तिम २ खेल बाँकी छँदै अन्तिम १६ मा पुगेकाले उसलाई यस खेलको अंकले कुनै फरक पार्नेछैन । बार्सिलोना समूह विजेता बनिसकेको छ ।

 


प्रतिक्रिया दिनुहोस्