पिएसजीले लिभरपुललाई हराउदै अन्तिम १६ मा जाने सम्भावना खुला

काठमाडौँ  /  च्याम्पियन्स लिग फुटबल समूह चरणअन्तर्गत गत राति भएको पाँचौं खेलमा इंग्लिस टोली लिभरपुललाई २–१ ले हराएर पिएसजीले अन्तिम १६ मा जाने सम्भावना खुला भएको छ ।

यदि पिएसजी पराजित भएको भए ऊ गत रातिकै खेलबाट बाहिरिन्थ्यो । आफ्नो घर पेरिसमा भएको खेलमा पिएसजीलाई जिताउन खेलको १३औं मिनेटमै जाउन बेर्नाटले पहिलो गोल गरेका थिए । त्यसपछि ३७औं मिनेटमा ब्राजिलियन स्टार नेइमारले अर्को गोल गरेपछि पिएसजी २–० ले अगाडि रह्यो ।

पहिलो हाफको अन्तिम समयमा लिभरपुलका लागि कप्तान जेम्स मिल्नरले गोल गरेर गोलअन्तर घटाए । उनले पनोल्टीबाट गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले थप गोलका लागि कडा संघर्ष गरे पनि थप गोल नहुँदा खेल पिएउजीले २–१ ले जित्यो ।

यससँगै पिएसजीले ५ खेलबाट ८ अंक जोडेर अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित लिभरपुल ६ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानमा ९ अंक भएको नापोली छ ।


प्रतिक्रिया दिनुहोस्