प्रधानमन्त्रीकै शैलीमा पोल पोलमा निर्मलाको तस्विर

मंसिर १३, काठमाडौं /  योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्ने दिन मंगलबार बिजुलीको पोलमा राखिएको प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर त्यसैगरि नयाँ युगको थालनी भन्दै पत्रपत्रिका अनलाइनमा समेत यही शैलीमा ‘ज्याकेट विज्ञापन’ छापेपछि ेएकथरीले सरकारको अनावश्यक तडकभडक भन्दै ब्यापक आलोचना भएको थियो ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यार पत्ता लगाउन नसक्ने सरकारले सामाजिक सुरक्षा दिन सक्दैन भन्ने व्याख्या समेत भयो । तर आजभोली सामाजिक सञ्जालमा प्रधानमन्त्रीको तस्बिर भएको ठाउँमा निर्मलाको तस्बिर राखेर न्याय चाहियो भन्नेहरु पनि देखिन थालेका छन ।

अहिले भने यही शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखेर बिजुलीको पोलमा निर्मलाको तस्बिर नै टाँगिएको निर्मलाको न्यायका लागि आवाज उठाइरहेको एक समूहले निर्मलाको पोस्टर बनाएर पोलपोलमा टाँग्न थालेका छन ।

 


प्रतिक्रिया दिनुहोस्