इतिहासमै पहिलोपटक ठूलो संख्यामा ११२ जना सैनिक बर्खास्त

काठमाडौं मंसिर १४ / नेपाली सेनाले सिपाही भर्नामा अनियमितता गर्ने तीन मेजर ९सेनानी० सहित १ सय १२ जना सैनिकलाई बर्खास्त गरेको छ। पैसा बुझाएर भर्ना भएका १ सय १ सिपाही तथा भर्ना छनौटमा खटिएका तीन मेजर र अन्य दर्जाका आठसहित १ सय १२ सैनिक बिहीबार बर्खास्त भएका हुन्।

एक उपरथीकाअनुसार नेपाली सेनाको इतिहासमा एकैपटक यति धेरै सैनिक अधिकृत तथा जवान बर्खास्त भएको यो पहिलो घटना हो।

सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले पैसा बुझाएर भर्ना भएका १ सय १ जना सिपाही र भर्ना छनौटका क्रममा रकम असुल्ने मेजरसहित ११ सैनिकलाई बर्खास्त गरिएको जानकारी दिए।

प्रवक्ता भण्डारीका अनुसार भर्नामा आवेदकबाट रकम असुल्ने तीन मेजरसहित १० सैनिकबाट ३ करोड २२ लाख ७५ हजार रुपैयाँ जरिवाना समेत असुल्ने फैसला भएको छ।  मातृका दाहालले लेखेको यो खबर आजको कारोबार दैनिक छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्