राष्ट्रपति भण्डारी र कम्बोडियाली प्रमबीच भेटवार्ता

 

काठमाडौँ, १४ मङ्सिर /  राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालको औपचारिक भ्रमणमा रहनुभएका कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको छ ।


राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएकोे भेटवार्तामा नेपालका तर्फबाट राष्ट्रपति कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकृत तथा कम्बोडियाका उच्च सरकारी अधिकारीसमेत रहनुभएको थियो । एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि प्रधानमन्त्री सेन बिहीबार काठमाडौँ आइपुग्नुभएको हो । सो सम्मेलन शनिबारदेखि औपचारिक रुपमा शुरु हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्