गोरीमाया चेपाङको पीडा: “जीवनभरसँगै बाँच्ने” कसम खाएका श्रीमानले अशक्त हुदाँ अर्की विवाह गरे

-हीरालाल गुरुङ

काउले,१५ मंसिर / एउटा झुपडी छ, त्यसमा काठ माथि गुन्द्री छ मैलो परेका थोत्रा कपडाहरु छन् । घर बारबेर छैन । लाग्छ त्याहाँ पनि मान्छे बस्छ र रु तर गोरीमाया चेपाङ विगत ४ बर्ष देखि त्याही झुपडीमा अशक्त शरिर लिएर पीडाका साथ रात दिन काटीरहेकी छिन् ।

उनको त्यो घर होईन माईत हो । सगैँ जिउने अनी संगै मर्ने एक अर्काको दुख(सुखमा साथ दिने कसम खाई आज भन्दा १३ बर्ष अघि चितवनको इच्छाकामना गाउँपालिका २ काउले तोरडाँडाकी गोरीमाया चेपाङ र कालिका नगरपालिका १० छेरबाङका चन्द्र बहादुर चेपाङले प्रेम विवाह गरे । विवाह भएको केही बर्ष सम्म उनिहरुको दाम्पत्य जीवन सुखद नै रह्यो । उनिहरुको दुई छोरी छन्। आफ्नै खेतबारीको उव्जनीले खान पुग्थ्यो बस्तुभाउ पनि पालेका थिए । दुख सुख जिन्दगी चलीरहेकै थियो ।
तर दैवको लिला उनिहरुको जीवनमा ठूलो बज्रपात आईलाग्यो । २०७१ साल चैतमा गोरीमायाको घाँस काट्न गएका बेला रुखबाट लडेर मेरुदन्ड भाँचियो । मेरुदण्ड भाचिएपछि ऋणधन गरेर देशका विभिन्न अस्पतालहरु धाए तर निको भएन । डाक्टरहरुले निको नहुने बताएपछि घरमै फर्किए उनी । गोरी माय भन्छिन् हामीसंग उपचारका लागि पैसा थिएन उपचार गर्ने पैसा नभएर होकी डाक्टरहरुले उपचार हुदैँन भनेर फर्काइदियो । पैसा भए अझै एक पटक उपचारका लागि अस्पताल जाने गोरीमायको सोच छ। घर फर्किएको तीन महिना सम्म त श्रमिान्ले स्याहार सुसार गरे । आर्थिक रुपले पनि कमजोर बन्दै गयो उनको परिवार ।

दुखका दिन सुरु भईसेकेको गोरीमायाको जीवनमा फेरी अर्को पीडा थपियो सगैँ जिउने संगै मर्ने कसम खाएका श्रीमान्ले आफु अशक्त भएको बर्षदिन नपुग्दै अर्कीसंग विवाह गरे । दुखका बेला अर्कैसंग विवाह गरेपछि विक्षिप्त बनेकी गोरीमाया घरमा बस्न सकेनन् । उनि दुई छोरी साथमा लिएर माईत फर्किईन् । श्रीमानले अर्कै विवाह गरेपछि बस्न मन लागेन मन दुखेर आयो, दुख सुखमा साथ दिने बाचा गरेका श्रीमानले अर्कैसंग विवाह गरेपछि घर बस्न सकिन । यता बाआमाले पनि हेला हुन्छ भनेर लिन आएपछि म दुई छोरी सगैँ लिएर माईत फर्किए उनले भनिन् ।

६ महिना अघि एक पटक श्रीमान भेट्न आएको उनले बताईन । उनले थपिन् घरको अवस्था पनि अहिले किनै कमजोर छ त्यसैले होला श्रीमानले मेरा लागि केही पनि हेरेको छैन । उनको शरिरको तल्लो भाग र दुई ओटा खुट्टा चल्दैनन् । उनि अहिले दिशापिसाव पनि अरुकै साहारामा गर्छिन् । अहिले शरिर पोल्ने दुख्ने पीडाले छटपटीदैँ बाँच्न बाध्य छन् ।

गोरीमाया अहिले इच्छाकामना गाउँपालिका स्थित वडा न २ तोरडाँडामा रहेको माईती घरको शरणमा छिन् । उनको साथमा अहिले ९ र ८ बर्षकी छोरीहरु छन् । उनिहरुलाई पालन पोषण र पढाउनका लागि पनि आर्थिक अवस्था कमजोर भएका कारण गाह्रो भईरहेको गोरीमायाका बाबु राम बहादु चेपाङले बताए ।अहिले सम्म कुनै पनि निकाय व्यक्तिबाट सहयोगत नपाएको उनको भनाई छ । अहिले सम्म गोरीमायाले अपांग भत्ता पनि पाएकी छैन ।

सहयोगका लागि गोरीमायाको सम्पर्क नम्बर ९८८०२०२५४३


प्रतिक्रिया दिनुहोस्