डिसेम्बरमा रूसमाथि थप प्रतिबन्धको घोषणा गरिने : टस्क

ब्युनस आयर्स, अर्जेन्टिना, १४ मङ्सिर / शुक्रबार यूरोपेली संघ (इयू) ले मस्कोको यूक्रेनमाथिको आक्रोस यही अवस्थामा रहेमा इयूले आगामी महिना ९डिसेक्बर०मा रूसमाथि थप प्रतिबन्धको घोषणा गर्ने इयू प्रमुख डोनाल्ड टस्कले शुक्रबार बताउनुभएको छ ।

टस्कले जी–ट्वान्टी शिखर सम्मेलन सुरु हुनुपूर्व अजेन्टिनाको राजधानी ब्यूनर्स आयर्समा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो, “अजोभ समूद्र क्षेत्रको विवादप्रति इयूको ध्यानाकर्षण भएको छ । रूसले यूक्रेनी जहाजमाथि बल प्रयोग गरेको इयूलाई स्वीकार्य छैन ।”

“यूक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा आँच आउनेगरी रूसले गर्ने गतिविधिप्रति सम्वेदनशील बन्दै यूरोप एकतावद्ध रहनेछ । त्यसैले म विश्वस्त छु आगामी डिसेम्बमा रूसविरूद्ध थप प्रतिबन्ध लगाउने निर्णय लिन सक्छ ।” रासस/एएफपी


प्रतिक्रिया दिनुहोस्