‘लाम्पार्ड मेरा लागि उत्कृष्ट’– ड्रोग्बा

लन्डन / चेल्सीका महान खेलाडी डिडिएर ड्रोग्बाले आफ्नो खेल जीवनमा प्रभाव पार्नेमध्ये फ्रान्क लाम्पार्ड एक रहेको बताएका छन् । ड्रोग्बा र इग्ल्यान्डका लाम्पार्डले ८ वर्ष स्टामफोर्ड ब्रिजमा बिताएका थिए । उनीहरु रहेका बखत चेल्सीले सन् २०१२ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।

ड्रोग्बा र लाम्पार्डको एकआपसको साझेदारीमा प्रिमियर लिगमा ३६ गोल गरेका थिए । प्रिमियर लिगमा यो साझेदारी अहिले सम्म पनि तोडिएको छैन । वर्षौसँगै खल्दा आफुहरुले निकै महत्वपूर्ण क्षण बिताएको ड्रोग्बाले स्मरण गरेका छन् । उनले लाम्पार्डसँग खेलेका ८ वर्षको उच्च प्रशंसा गरेका छन् ।

‘एउटा खेलाडीका कारण मैले सोचे भन्दा राम्रो गरेको छु’ , उनले भने, ‘उनका कारण मैले धेरै गोल गरेको छु । उनी फ्रान्क लाम्पार्ड हुन् ।’ सबै प्रतियोगितामा गरि ड्रोग्बाले १ सय ६४ गोल गरेका थिए । ‘हरेक दिनको प्रशिक्षणपछि हामी फेरि अभ्यास गथ्र्यौ,’ उनले स्मरण गरे , ‘त्यसले केहि अनुभव हुन्थ्यो । जसले खेलका दौरान सहज हुन्थ्यो । हामी गोलका लागि पनि एकअर्कासँग प्रतिस्पर्धा गथ्र्यौ । पास मिलाउनका लागि मैले उनीबाट धेरै सिके ।’ ४० वर्षे ड्रोग्बाले गत साता फुटबलबाट सन्यासको घोषणा गरेका थिए । हाम्रो खेलकुद/एजेन्सी


प्रतिक्रिया दिनुहोस्