जापानमा डेविड भिल्ला र इनिएस्टासँगै खेल्ने

शनिबार, मंसिर १५  /  स्पेनिस, पूर्व बार्सिलोनाका फरवार्ड  डेविड भिल्ला केहि दिन अघिमात्र अमेरिकी क्लब न्यू योर्क सिटी एफसी छाड्ने घोषणा गरेका भिल्लाले अब जापानी क्लब भिसेल कोबेबाट पूर्व सहकर्मी आन्द्रेस इनिएस्टासँगै खेल्ने भएका छन् ।


सन्२०१० को विश्वकप विजेता रहेका ३६ वर्षीय भिल्लाले अमेरिकी क्लब न्यू योर्कसँग करार अवधि सकिएलगत्तै  क्लब छाड्ने निर्णय लिएका थिए ।  भिल्लाले सामाजिक संजालमा आफू जापानी क्लब भिसेल कोबे जाने निर्णय सार्वजनिक गरेका हुन् ।

राष्ट्रिय टोलीबाट लामो समय सँगै खेलेका भिल्ला र इनिएस्टा, सन् २०१० देखि २०१३ सम्म दुवै बार्सिलोनामा सँगै रहेका थिए । भिल्ला र इनिएस्टाले राष्ट्रिय टोलीमा  सन् २००८ को युरो उपाधिसँगै सन् २०१० को विश्वकप र सन् २०१२ को युरोसम्म दुवै खेलाडी टोलीका महत्त्वपूर्ण सदस्य थिए । राष्ट्रिय टोलीबाट भिल्ला स्पेनका लागि अझैपनि ५९ गोल सहित सर्वाधिक गोलकर्ता रहेका छन् ।

भिल्लाले अमेरिकी मेजर लिग सकरमा न्यू योर्कका लागि १ सय २६ खेल खेल्दै ८० गोल गरे । उनले न्यू योर्ककै प्रदर्शनमा आधार बनाएर सन् २०१७ मा राष्ट्रिय टोलीमा पुनरागमन पनि गरेका थिए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्