१० वर्ष कान्छा अमेरिकन निकसँग विहे गरेकी प्रियंकाको विहे समारोहमा मोबाइल फोन किन निषेध ?

२०७५, १५ मंसिर शनिबार,
मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडाले आफूभन्दा १० वर्ष कान्छा अमेरिकी गायक निक जोनससँग शनिवार जोधपुरमा क्रिश्चियन परम्पराअनुसार विहे गरेकी छिन्।

जोधपुरको उम्मेद भवन प्यालेसमा हलिउड कलाकारसहित विदेशी पाहुनाको उपस्थितीमा प्रियंका र निकले एकअर्कालाई औठी लगाएका थिए। यद्यपी विहेको तस्बिर सार्वजनिक गरिएको छैन्। विहे समारोहमा मोबाइल फोन निषेध गरिएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार प्रियंका र निकको विहे आइतवार हिन्दू परम्पराअनुसार हुनेछ। त्यसपछि मात्र विहे सम्पन्न हुने बताइएको छ। प्रियंका र निका लामो समयदेखि प्रेममा थिए। खासगरी हलिउड यात्रा (अमेरिकी शो क्वान्टिको ) का क्रममा प्रियंकाको निकसँग भेट भएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस्