पार्टीमा अल्पमतमा पर्दै ओली, शक्तिशाली बन्दै गएका प्रचण्डलाई पूर्व एमाले नेताकोसमेत साथ

काठमाडौ‌ मंसिर १६ / दुई तिहाई बहुमतसहितका प्रधानमन्त्री, देशका दुई ठूला वाम दलको एकतापछि बनेका नेकपाका शक्तिशाली अध्यक्ष अनि संसदीय दलको नेता।
यी पदीय हैसियतले केपी ओलीलाई इतिहासकै शक्तिशाली प्रधानमन्त्री बनायो। तर, पछिल्लो समय प्रधानमन्त्री ओली सत्तारुढ नेकपाको आन्तरिक समिकरणमा भने अल्पमतमा परेका छन्।

ओली अल्पमतमै परेका कारण स्थायी र केन्द्रीय समिति बैठक विधानअनुसार बसेन नै, स्थायी समिति र केन्द्रीय सदस्यहरुले माग गर्दासमेत बसेको छैन। सरकार सञ्चालन र राष्ट्रिय राजनीतिमा एकछत्र हावी भएका ओली पार्टीमा आर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहभन्दा पनि कमजोर बनेका छन्।

५४ सदस्यीय स्थायी समितिमा प्रचण्डको पक्षमा २१, नेपालको पक्षमा १२ र ओली समूहमा ११ सदस्य मात्र छन्।

बरिष्ठ नेता खनाल एक्लै छन्। नेकपाभित्र दाहाल र नेपाल समूह एकजुट भए पार्टी नेतृत्वबाट ओली पन्छाइन पनि सक्छन्। अहिले प्रचण्ड समूहमा पूर्व एमालेबाट बामदेव गौतम र विष्णु पौडेल पनि सामेल भएका छन्। यो खबर आजको नेपाल साप्ताहिकमा बाबुराम विश्वकर्माले इन्फोग्राफिक्ससहित लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्