अपराजित म्यानचेस्टर सिटी बर्नमाउथ बिरुद्धा ३-१को जित निकाल्यो

इंग्लिस प्रिमियर लिग अन्तर्गत अपराजित म्यानचेस्टर सिटीले  बर्नमाउथलाई ३-१ ले पराजित गरेएको छ ।


सिटीको जितमा सिटीले बर्नार्डो सिल्भाको १६ औं मिनेटको गोलमा अग्रता लिएको थियो । बर्नमाउथले पहिलो हाफको ४५ औं  मिनेटमा क्यलम विल्सनले बराबरी गोल फर्कायो । विल्सनको शक्तिशाली हेडरलाई सिटीका गोलरक्षक एडरसनले हात लाएपनि विफल पार्न सकेनन् ।

दोस्रो हाफमा  रहिम स्टरलिङले ५७ औं मिनेटमा गोल गर्दै सिटीको अग्रता लिए । उनको बर्नमाउथविरुद्ध पछिलो ६ खेलमा आठौं गोल हो । खेल सकिनुभन्दा ११ मिनेट अगाडी जर्मन मिडफिल्डर गुन्डोगनले सिटीको जित पक्का गरे । उनले लेरोय सानेको पासमा गोल गरेका थिए ।

सिटीको जितसँगै  १४ खेलमा १२ जित र २ बराबर खेल खेल्दै ३८ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलले १३ खेल खेल्दै ३३ अंक जोडेको छ । लिभरपुलले आइतबार एभरटनको सामना गर्दैछ ।

अन्य खेलमा वेस्ट ह्याम युनाइटेडले न्यूक्यासल युनाइटेडलाई ३–० ले पराजित गर्यो । क्रिस्टल प्यालेसले बर्नलीलाई २–० ले हराउँदा कार्डिफ सिटीले वल्भरह्याम्प्टन वन्डरर्सलाई २–१ ले पाखा लगायो । ब्राइटन एन्ड होभ आल्बियनले हडर्सफिल्ड टाउनलाई २–१ तथा लेस्टर सिटीले वाटफोर्डलाई २–० ले पराजित गरे ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्