निर्मलाको पक्षमा न्याय माग्दै विप्लवको देशैभर जनप्रदर्शन

काठमाडौं मंसिर १६,– चार महिना बितिसक्दा पनि सरकारले निर्मला पन्तको हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै विप्लव नेतृत्वाको नेपाल कम्युनिष्ट पार्टीले आइतबार देशैभर जनप्रदर्शन गरेको छ ।

निर्मलाको न्यायका लागि दवाव दिन भन्दै विप्लव समूहले घोषणा गरेको देशव्यापी कार्यक्रम अनुसार आज आइतबार देशैभर जनप्रदर्शन गरेको हो । सरकारले अपराधिलाई संरक्षण गरेकाले हत्यारा पत्ता लगाउन दवाव दिन आफूहरुले देशैभर जनप्रदर्शन गरेको ९विप्लव० का नेताहरुले बताएका छन ।

बहुमतको आडमा सरकारले न्यायलाई समेत दबाउन खोजेको बताउँदै उहाँले निर्मलाको न्यायका लागि सबै पक्षसँग छलफल गरेर सरकारलाई दवाव दिइने बताएका छन । विप्लवले आह्वान गरेको जनप्रदर्शनमा विद्यालय तथा क्याम्पसका विद्यार्थी, अधिकारकर्मीलगायत हजारौंको संख्यामा देशैभर प्रदर्शनकारीको उपस्थिति रहेको थियो ।

प्रदर्शनकारीले निर्मलालाई न्यायको माग गर्दै नाराबाजी गरेका छन ।


प्रतिक्रिया दिनुहोस्