भाइरल बाल कलाकारहरुको संयुतm बृहत सांस्कृतिक कार्यक्रम हुँदै (भिडियो सहित)

काठमाडौं /  विश्वमानव उत्थान तथा मेलमिलाप संघ र अरुण पोष्ट डटकम (www.arunpost.com) को संयुतm आयोजनामा वृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । सदभाब र मेलमिलापको लागि वृहत सांस्कृतिक कार्यक्रम २०७५ भन्ने नाराका साथ यहि मिति २०७५ मंसिर २८ गते शुक्रबारका दिन चुम्लुङहिम ललितपुमा  कार्यक्रम सम्पन्न हुन लागेको हो । कार्यक्रम बिशेष गरेर पछिल्लो समय मिडियामा भाइरल भईरहेका बाल कलाकारहरुलाई मध्यनजर गरेर गर्न लागिएको कार्यक्रमका प्रचारप्रसार विभाग संयोजक लोकेश लिम्बुले जानकारी दिएका छन् ।


कार्यक्रमको प्रमुख आकर्षणको रुपमा पछिल्लो समय मिडियामा व्यापक चर्चा कमाईरहेका मनिष लिम्बु रहेका छन् । त्यसैगरि अन्य बालकलाकारहरुमा भाईरल वाल गायिका माङ्गेना लिम्बु,गायकहरु प्रेम परियार , प्रसन्न पाठक, बिक्रम कार्की रहेका छन् । बाल गायकहरुसगै अन्य ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहनेछ । राष्ट्रिय कलाकारहरुमा चर्चित मुन्धुमी गायक ब्रब्रिम शेर्मा,सुहाङ लिम्बु, कञ्चन थलङ,गंगा फियाक,तिर्सना नेम्बाङ,एकान्त आङदेम्बे,एबी लिम्बु,तुलषा आङदेम्बे दिपा सुहाङ ,प्रदेश लिम्बु नायिका निशा पोमु हास्यब्यङग कलाकार मौषम लिम्बु (फुलन्देको बाबु) लगायत अन्य ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । कार्यक्रम संचालन संचारकर्मी तथा चर्चित उदघोषिका मेरिना तुम्साले गर्नेछिन ।

गायन संगै (एफ एण्ड एफ कृउ )को हिपपप ग्रुप डान्स राष्ट्रिय कलाकारहरुको मारुनी डान्स लगायत अन्य आकर्षक नृत्यहरु साथमा रहनेछ । कार्यक्रम बिशेष गरि पछिल्लो समय मिडियामा भाईरल बाल कलाकारहरुको प्रतिभाको विकाश र प्रमोसनको उदेश्य राखि कार्यक्रम गर्न लागिएको प्रचारविभाग संयोजक लोकेश लिबाङले बताएका छन।


प्रतिक्रिया दिनुहोस्