बार्सिलोनाले भिल्लारियललाई हराउँदै शीर्षस्थानमा

बार्सिलोना  / स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियल बिरुद  २-० ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो ।


बार्सिलोनाको  घरेलु मैदानमा भएको खेलमा  ३६ औं मिनेटमा जेरार्ड पिकेको गोललेअग्रता लियो । ओस्मान डेम्बेलेको क्रसमा उनले हेडरमार्फत गोल गरेका थिए । कार्लोस एलेनाले ८७ औं मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । कप्तान लिओनेल मेसीको थ्रु बलमा गोलरक्षकलाई चिप गर्दै एलेनाले गोल गरेका थिए ।


खेलको अन्तिम समयमा मेसीले पनि गोल गर्ने अवसर चुकाए । यस जितसँगै बार्सिलोनाले १४ खेल खेल्दै ८ जित, ४ बराबरी र २ हारसहित २८ अंक जोडेको छ । सेभिल्ला भने १४ खेलमा ८ जित ३ बराबर र ३ हारसँगै २७ अंकमा छ । पछिल्लो ५ खेलमा बार्सिलोनाको यो दोस्रो जित हो । यता भिलारियलले पछिल्ला ८ खेलमा एकपटक मात्र जित दर्ता गरेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्