टोटनह्याममाथि आर्सनलको सहज जित

मंसिर १७ /  इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबारको खेलमा आर्सनलले  टोटनह्याम हटस्परमाथि शानदार ४–२ को जित निकालेको हो ।

आर्सनलका लागि आबुमियाङले दुई तथा एलेक्जेन्डर लाकाजेट्स र लुकास टोरियाले समान एक–एक गोल गरे । यस्तै टोटेनह्यामका लागि एरिक डायर र ह्यारी केनले एक एक गोल गरे । घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा टोटनह्यामविरुद्ध आर्सनलले खेलको १० औं मिनेटमा आबुमियाङको पेनाल्टी गोलबाट अग्रता बनाएको थियो ।

तर, खेलको ३० औं मिनेटमा डायरले गोल गर्दै टोटेनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए । फेरि खेलको ३४ औं मिनेटमा पाएको पेनाल्टीमा ह्यारी केनले गोल गर्दै टोटनह्यामलाई २–१ को अग्रता दिलाए । यस्तै खेलको ५६ औं मिनेटमा आबुमियाङले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए भने एलेक्जेन्डरले ७४ औं मिनेटमा र लुकासले ७७ औं मिनेटमा गोल गरे ।

यता खेलको ८५ औं मिनेटमा जान भेट्रोनघेनले दोहोरो पहेलो कार्ड पाएपछि टोटनह्याम १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि दुबै टोलीले खेलमा गोल गर्न सकेनन र आर्सनलले ४–२ को जित निकाल्यो । जितसंगै आर्सनल लिगको चौथो स्थानमा उक्लिएको छ । आर्सनलले १४ खेलबाट ३० अंक जोडेको छ भने ३० अंक नै जोडेको टोटनह्याम पाँचौ स्थानमा छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्