मेरिङ्देनमा नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा सम्पन्न

ताप्लेजुङ, १७ मंसिर / ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वाड नं. ५ को नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

नारी बचत तथा ऋण सहकारी संस्थाको जिल्ला अध्यक्ष सन्तोष खतिवडाको प्रमुख अतिथ्य, मेरिङ्देन ५ का वडा अध्यक्ष जय बहादु खड्काको आतिथ्य र संस्था अध्यक्ष कल्पना सिटौलाको अध्यक्षतामा श्री सुम्सुलोक नि. मा. बि. को खेल मैदानमा एक भव्य कार्यक्रम माझ छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

नारी बचत तथा ऋण सहकारी संस्थाको बार्षिक प्रतिबेदनमा शेयर पँजी रु २०,००००० (बिस लाख), ऋण लगानी रु ७७,४८,००० (सतहत्तर लाख अठचालीस हजार), विविध आम्दामी रु १,५०,००० (एक लाख पचास हजार), बैंक मौज्दात रु १,००००० (एक लाख) बचत रु ५,६०,००० (पाँच लाख साठि हजार) र खुद नाफाबाट १२ प्रतिशत शेयर सदस्यहरुलाई डिभिडेन्ड बितरण गरेको कल्पना सिटौलाले जानकारी दिनुभयो ।

२०६९ सालमा सुरुवात भएको नारी बचत तथा ऋण सहकारी संस्थाको छैटौं बार्षिक साधारण सभासम्म पुग्दा शेयर सदस्य ६२६ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्