‘दोस्रो हुने भएपछि रोनाल्डो बालोन डी’ओरमा नजाने

टुरिन / बालोन डी ओरको यस वर्षको विजेता केहि दिनमा घोषणा हुँदैछ । यसैबीच इटालियन सञ्चारमाध्यमले क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डी ओर नजित्ने र अवार्ड समारोहमा पनि उनी नजाने समाचार प्रकाशित गरेका छन् । सञ्चार माध्यमका अनुसार यो वर्षको बालोन डी ओर रोनाल्डोका पूर्व सहकर्मी रियल म्याड्रिडका लुका मोड्रिचले जित्ने छन् । रोनाल्डो दोस्रो र विश्व कप विजेता फ्रान्सका एन्टोइन ग्रिजम्यान तेस्रो स्थानमा रहनेछन् ।

समाचारमा जनाइए अनुसार मनोनयको शीर्ष ३ मा रहेका मध्ये माड्रिच मात्र अवार्ड समारोहमा उपस्थिति हुनेछन् । ग्रिजमन पनि अवार्डमा जाने छैनन् । पेरिसमा डिसेम्बर ४ का दिन अवार्ड विजेताको घोषणा हुनेछ । महिलातर्फ अवार्ड ब्राजिलियन मोर्टाले जित्ने छिन् । युवा वर्ष खेलाडीको अवार्ड विश्व कप विजेता फ्रान्सेली टोलीका केलियन एमबाप्पले जित्ने समाचारमा उल्लेख छ ।

विभिन्न संचारमाध्यम यस खबरलाई गम्भीरताका साथ प्रकाशन गरेका छन् । यसअघि फिफाको द बेस्ट अवार्डमा पनि मोड्रीचले अवार्ड जित्ने हुँदा रोनाल्डो सहभागी नहुने खबर प्रकाशित भएको थियो । हाम्रो खेलकुद / एजेन्सी


प्रतिक्रिया दिनुहोस्