पूर्व जनमूक्ति सेना नेपालले उर्जामन्त्रि बर्षमान पुनलाई १२ बुँदे ज्ञापन–पत्र बुझायो

काठमाडौं १७ ,मंसिर / पूर्व जनमूक्ति सेना नेपालले विभिन्न १२ बुँदे माग राख्दै उर्जामन्त्रि बर्षमान पुन अनन्तलाई ज्ञापन–पत्र बुझाएका छन् ३२ हजार पूर्व जनमुक्ति सेनाहरुको साझा संगठनको रुपमा रहेको संगठनले आज काठमाडौमा सभापति देउवा, प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड संयोजक भट्टराइलाई ज्ञापन–पत्र बुझाएको पूर्व जनमुक्ति सेनाका कमाण्डर तथा पूर्व जनमूक्ति सेना नेपालका प्रचार प्रसार विभाग संयोजक प्रसान्त भण्डारीले जानकारी दिएका छन।

संयोजक भण्डारीले समय मिलाएर सबै पार्टीका अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाउँदै माग प्रति ध्यानाकर्षण गराउने बताएका छन । यदि माग पुरा नभए कडा भन्दा कडा संर्घषको कार्यक्रम घोषणा गरेर अगाडी बढन् बाध्य हुने बताउनु भयो । जनमुक्ति सेनालगायत घाइते, अपाङ्ग, शहिद तथा बेपत्ता योद्धाहरुलाई गणतान्त्रीक योद्धा घोषणा गरि राष्ट्रिय सम्मान सहित परिचय पत्र प्रदान गरिनु पर्ने ,वर्हिगर्मित ४ हजार ८ जना जनमुक्ति सेनाको समस्या तत्काल समाधान गरिनु पर्ने, नेपाल सरकारको मन्त्रीपरिषदबाट घोषणा गरिएको ८४ करोड रुपैयाँको तत्काल बितरण गरिनु पर्ने लगायतका १२ बुँदे मागहरु रहेका छन् ।

यस अघि बिभिन्न चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विप्लप नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड र नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराई लगायत बिभिन्न शिर्ष नेताहरुलाई ज्ञापन–पत्र बुझाईुुसकेको र अन्य शिर्ष नेताहरुलाई पनि बुझाउदै जाने प्रचारप्रसार विभाग संयोजक प्रसान्त भण्डारीले जानकारी दिएका छन।

यस्तो छ ज्ञापन पत्र स्


प्रतिक्रिया दिनुहोस्