प्लाष्टिकरहित अभियान राराबाट शुरु हुँदै

रारा, (मुगु)१७ मङ्सिर / प्लाष्टिकरहित रारा बनाउने अभियान शुरु गरिएकोे छ । आर्ट समिट टुल्स एण्ड ट्राभल प्रालिको आयोजनामा शुरु गरिएको उक्त अभियानको कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बूढाले शुभारम्भ गर्दै रारा तालको प्राकृति सौन्दर्यलाई यथावत राख्न प्लाष्टिकजन्य वस्तुको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्लाष्टिकजन्य वस्तु मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुदाँ यसको प्रयोगलाई निरुत्साहित बनाउनुपर्ने बताउनुभयो । रारा राष्ट्रिय निकुञ्जका प्रतिनिधि लालबहादुर भण्डारीले पछिल्लो समय रारामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएकाले त्यसै अनुरुप फोहर पनि बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

प्रालिका प्रवन्ध निर्देशक सोमबहादुर ताम¬ाङले जौविक विविधता संरक्षणका लागि प्लाष्टिकजन्य फोहरलाई व्यवस्थापन गर्न यो अभियान शुरु गरिएको जानकारी दिनुभयो । अभियानअन्र्तगत स्थानीय मिलीचौरदेखि रारा निकुञ्जसम्म करीब ४ किलो मिटरसम्म सरसफाइ गरी ३२ वटा डस्बिन राखिएको छ ।

यस अभियानलाई होटल हिलसाइट कालिकोटले पनि सहयोग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्