राजेश पायल राईको गीतमा सञ्चारकर्मी विश्व लिम्बुको अभिनय (भिडियो सहित )

काठमाडौं २० मंसिर , नेपालका चर्चित गायक राजेश पायल राईको स्वर रहेको “रङ्गियो रे सिउँदो” शीर्षकको म्युजिक भिडियो रीलिज भएको छ । मेरो अनलाईन टी। भी। बाट सार्वजनिक गरिएको म्युजिक भिडियोमा जीवनभर सँगै जिउने बाचा गरेको एक जोडिको कथामा केटीको अर्कैसँग विवाह हुँदाको पीडा देखाईएको छ । उक्त गीतमा राजेन्द्र राईको शब्द रहेको छ भने एरेन्ज मानसी किरणले गरेका हुन् ।

सङगीत सर्जुन राईले गरेका छन् भने निर्देशन पनि सर्जुन कै रहेको छ । उक्त म्युजिक भिडियोलाई अनिल कुमार मानन्धरले खिचेका हुन्, भने ड्रोन पाइलटको भूमिकामा अविनाश मानन्धर छन् । अहिले चर्चामा रहेकी नायिका मिरुना मगर, रुपेश चाम्लिङ राई र पहिलोपटक म्युजिक भिडियोमा डेब्यु गरेका चर्चित सञ्चारकर्मी बिश्व लिम्बुको मुख्य अभिनय रहेको छ । भिडियोलाई राजधानीको विभिन्न भागमा छायांकन गरिएको छ ।

    भिडियो :


प्रतिक्रिया दिनुहोस्