दिपा र सुशीलको कपाल कोर्ने काइँयो सार्वजनिक ( भिडियो सहित )

 काठमाडौं / गायिका दिपा सुहाङ र सुशील चोङबाङको पुर्बेली दोहोरी गीत सिमिक्लुङको यु ट्युब च्यानलबाट सार्वजनिक भएको छ । रूप जति सुन्दर उति नै मिठो स्वरकी धनी गायिका दिपा सुहाङ पछिल्लो समय पुर्बेली गित लिएर आएकी छिन ।


गीत संगीतमा करिब ४ बर्ष अघि देखि संघर्ष गरिरहेकी गायिका दिपा सुहाङ निरन्तर संगीत प्रती निरन्तर साधना गरिरहेकी छिन । नेपाली सङ्गित क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउदै गरेकी गायिका दिपा पाँचथरको सुभाङ ९ हिलिहाङ गाँपालिकामा उनको जन्म थलो हो भने हाल राजधानीमा नै उनी संघर्षरत छिन।

उनले हाल सम्म आफ्नो भाषिक गीत लगायत आधुनिक कलेक्सन लोक गीतहरू गरी लगभग २० भन्दा धेरै गीतमा स्वर भरिसकेकी छिन। कलेक्सन एल्बममा ब्यस्त गायिका हाल गीत संगीत र कार्यक्रम मै ब्यस्त छिन । उनले हाल रेकर्ड गरेको गीत नयाँ पुर्बेली लोक गित ९ कपाल कोर्ने काईयो बोल को गीत सार्वजनिक भएको छ ।

मन कुमार पारघरी लिम्बूको शब्द रचना रहेको उक्त गीतमा ईन्द्र सुशील लिम्बूको संगीत तथा इन्देअ सुशील लिम्बू र गायिका सुहाङको युगल स्वरमा रहेको छ भने राजु कार्कीको एरेन्ज रहेको गीत सेवा रेकर्डिङ स्टुडियो मा रेकर्ड भएको हो ।

          भिडियो


प्रतिक्रिया दिनुहोस्