रोनाल्डो भन्दा मेस्सी उत्कृष्ट खेलाडी – नेइमार

मंसिर २१   /  ब्राजिलियन / फ्रेन्च क्लब पिएसजीका फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् ।

हालसालै उनले एक युट्युब च्यानलसँग कुरा गर्दै नेयमारले  मेसी र रोनाल्डोमा कसलाई रोज्ने विषयमा दुवै खेलाडीमाथि आफ्नो अभिव्यक्तिसहित मेसीलाई रोजेका हुन् ।  अन्तर्वार्ताक्रममा नेइमारलाई ‘रोनाल्डो र मेस्सीमध्ये को उत्कृष्ट र किन’ भनेर सोधिएको थियो । जसमा नेइमारले कारणसहित आफ्नो रोजाइका खेलाडीको नाम लिए ।

त्यसक्रममा नेइमारले रोनाल्डो एक गोलकर्ता मात्रै रहेको बताउँदै उनले मेस्सीको जस्तो खेल्न नसक्ने बताए । उनले करिअरको सुरुमा एक विंगरका रूपमा खेलेर रोनाल्डो पछि मात्रै फरवार्डका रूपमा उदाएको बताए । रोनाल्डो प्ले मेककभन्दा पनि गोलकर्ता मात्रै हुन् । उनीसँग पनि केही विशेष क्षमता छन् । तर, उनी मेस्सीको जस्तो भने होइनन् ।’

यता, नेइमारले मेस्सीलाई भने प्ले मेकरका साथै गोलकर्ताकै रूपमा व्याख्या गरे । ‘मैले मेस्सीसँग खेलेको छु । उनी एक गोलकर्ता मात्रै हैनन्, मिडफिल्डर पनि हुन्,’ नेइमारले भने, ‘यस्तो क्षमता रोनाल्डोमा छैन, जुन मेस्सीमा छ ।’ नेइमारले मेस्सी खेल मिलाउने खेलाडी रहेको भन्दै रोनाल्डो भने गोलकर्ता मात्रै रहेको बताए । ‘दुईमध्ये को भनेर छान्न मुस्किल छ । तर, खेल शैलीका दृष्टिले मेस्सी अगाडि छन्,’ नेइमारले थपे ।

नेइमार २ वर्षअघि बार्सिलोनाबाट विश्वकीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर पिएसजी गएका थिए । फ्रान्स गइकन उनले कूल ४८ खेल खेल्दै ४३ गोल आफ्नो नाममा लेखाइसकेका छन् । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्