ताप्लेजुङ् सरोकार केन्द्र काठमाडौंको विवाद चरम उत्कर्षमा,एक पक्षले साधारण सभामा भाग नलिने

काठमाडौं मंसिर २१ , / ताप्लेजङ्ु बासीको साझा संस्थाको रुपमा काठमाडौंमा स्थापित ताप्लेजुङ् सरोकार केन्द्र काठमाडौंको विवाद चरम उत्कर्षमा पुगेको छ । असन्तुष्ट पक्षले आज एक प्रेस विज्ञप्ती जारी गर्दै भोली मंसिर २२ गते शनिबार हुने भनिएको सरोकार केन्द्रको साधारण सभामा सहभागी नहुृने जनाएको छ । उक्त प्रेस विज्ञप्तीमा ताप्लेजुङ् सरोकार केन्द्र काठमाडौंका उपमहासचिव अग्नि पौडेल कोषाध्यक्ष युवराज गुरुङ् सदस्य डम्बर बहादुर सम्बाहाङ्फे र समन्वयकर्ता इन्द्र शेर्पाले हस्ताक्षर गरेका छन् । असन्तुष्ट एक पक्षले सरोकार केन्द्रको संस्थागत सुधार , आर्थिक पारदर्शिता, संस्थाको आन्तरिक ब्यवस्थापना चुस्त राखिनुपर्ने सामुहिक पारदर्शिताका अवसर, ब्यातिगत सम्वन्ध, राजनितिक आस्थाका आधारमा अवसर दिने वा अवसर बाट वन्चित गर्ने जस्ता कार्यहरु अविलम्ब बन्द गरिनुपर्ने न्युनतम सर्तहरु सहित असहमति जनाएका छन् ।

३ महिनाको अथक प्रयासका वावजुत पनि संस्थापन पक्षबाट कुनै कुराको पनि सुनुवाई नभएको तथा सर्वसम्मत उम्मेरदवार चयन गर्ने उत्कृष्ट लोकतान्त्रिक पद्धतिको समेत धज्जी उडाउँदै सहमतिको बातावरण बिथोलेको र २०७५ मंसिर २२ मा नाटकिय रुपमा आयोजना गरिएको  पुन :  निर्वाचन प्रकृयाले काठमाडौंमा मिलेर बसेका ताप्लेजुङ् जिल्लाबासी विच गम्भिर विभाजन ल्याई त्रासपुर्ण वातावरण सृजना गरेको आरोप लगाएको छ । साथै अधिवेसनका वखत निर्वाचनको परिणाम आप्नो पक्षमा पार्ने उदेश्यका साथ निर्वाचनमा भाग लिन सक्ने गरि नियतवस ११८ जना सदस्यको मात्र सदस्यता नविकरण गरी आम ताप्लेजुङ् बासीलाई सरोकार केन्द्रमा चुन्ने चुनिने अबसर बाट वन्चित गरिएको प्रति गम्भिर असमति जनाएको छ ।

यस अघि निमार्ण भएको सात सदस्यीय समन्यव समितिले समेत केही सोध खोज नगरी संस्थापन पक्षकै कुरा सुनेका आरोप समेत उपमहासचिव पौडेलको गुनासो रहेका छ । अहिले अध्यक्षको आकाक्षी चित्रगुप्त साँवा र डम्वरबहाुदर तुम्वाहाम्फेको विकल्पमा पुरानै पुस्ताबाट नेतृत्व गर्ने सहमति भएमा निर्वाचन प्रक्रियामा सहभागी जनाउने बताए ।

सरोकार केन्द्रको निर्वाचन अघि शनिवार विहान सहमतिको प्रयास गर्ने भएको छ । सहमतिको लागि डा। भरत प्रधानको संयोजकत्वमा रहेको ७ सदस्यीय समन्वय समितिले दुवै तर्फका चार चार जना जनासगँ छलफल गर्ने भएको छ । अध्यक्षका आकाक्षीहरु चित्रगुप्त साँवा र डम्वरबहाुदर तुम्वाहाम्फे उपाध्यक्ष टंक श्रेष्ठ,महासचिव बलबहादुर तामाङ, उपमहासचिव अग्नी पौडेल कोषाध्यक्ष युवराज गुरुङ, नन्दु बनेम,चैतन्य तुम्वाहाम्फे रहने बुझिएको छ ।

उता नेपाली काग्रेस ताप्लेजुङले सरोकार केन्द्रका अध्यक्षलाई जानकारी पत्र पठाई सरोकार केन्द्रको शनिवार हुने निर्वाचनमा आफनो आफनो पार्टीको आधिकारीक सहभागिता नहुने उल्लेख गरेका छ । काग्रेस ताप्लेजुङ सचिव छवि गुरुङद्धारा हस्ताक्षरित जानकारी पत्रमा अधिवेशनमा आफनो आधिकारी सहभागिता नभएपनि सभ्य तरिकाले अधिवेशन सफलताको कामन समेत गरको छ ।

नाटकियरुपमा आयोजना गरिएको निर्वाचन प्रक्रिया प्रति गम्भिर असमति जाहेर गर्दै उक्त प्रकियामा भाग नलिने निष्कर्ष सहित निर्वाचन प्रकियामा सहभागी नहुन प्रतिनिधी तथा पर्यपेक्षक र आम ताप्लेजङ्ुबासी दिदी वहिनी तथा दाजुभाईहरुमा समेत अपिल गरेको छ । तर उता अर्को पक्षले भने जसरी पनि साधारण सभा गर्ने भन्दै कार्यक्रमको सम्पुर्ण तयारी सकिएको र कार्यक्रम कुनै हालतमा नरोकिने जनाएको छ । असन्तुष्ट पक्षले भने जवरजस्त रुपमा अगाडी बढे आफुहरु अर्को नयाँ सरोकार केन्द्र स्थापना गर्न बाध्य हुने समेत बताएका छन ।

 

प्रेस विज्ञप्ती :


प्रतिक्रिया दिनुहोस्