मलेसियामा चासोक मनाइने

भरत केदेम

मलेसिया, २२ मङ्सिर / युमा साम्यो महासभा मलेसियाले याक्थुङ समुदायको महानचाड चासोक भव्य रुपमा मनाउने निर्णय गरेको छ। यहीँ आउदो डिसेम्बर २३ तारिख आइतबारको दिन मलेसियाको राजधानी क्वालालम्पुर स्थित गाउँबेशी दोहोरी साँझमा मध्याह्न बाह्र बजे देखि तीन बजे सम्म सन्देश मुलक कार्यक्रम गरेर मनाउने युमा साम्यो महासभा मलेसियाका अध्यक्ष पेशल माबुहाङले जानकारी दिनु भयो।

यो चाड मनाउनुको उदेश्य मनोरञ्जन नै हो तर चासोक चाड मनाउनु मनोरञ्जन मात्र हैन यसमा धेरै कुरा आउछन् । उ बेलाको एकात्मक राज्य सत्ताको एक भाषा एक धर्म नितिले प्राय सबै आदिवासी जनजातिहरुको मौलिकता गुमेको जगजाहेर नै छ । त्यसको सरले गर्दा कति लिम्बूहरुलाई चासोक तङ्नाम नै थाहा छैन । ए हो हाम्रो चाड पनि छ र भनेर आश्चर्य मान्ने प्राय भेटिन्छन् । त्यसकारण सबैले बुझुन थाहा पाउन भन्ने अभिप्राय पनि हो । दुखको कुरो के छ भने आफ्नै मौलिक चाडलाई दिवस जस्तो मनाउने चलन जुन चलाईयो त्यो एकदम गलत भएको र अब घर घरमा चासोकको रौनकता आओस चासोक दिन सबै लिम्बूहरुले मीठो मसिनो खाएर नयाँ लुगा लाएर रमाइलो गरेर हर्षोल्लास साथ मनाउने परिपाटी बस्दै जाओस् भन्ने उदेश्यले चासोक तङ्नाम प्रवास मलेसियाबाट पनि युमा साम्यो महासभा मलेसियाले सुरु गरेको बताउनु हुन्छ अध्यक्ष पेशल माबुहाङ ।

चासोक कार्यक्रम सभ्य र भव्य र सफल पार्नको लागि प्रायोजनमा काठमाडौ रेष्टुरेन्ट, सुर्केली किचेक्न एण्द खाजा घर, स्टारस्काइ सेक्युरिटी र किरात राई यायोक्खा क्षेत्रीय समिती जोहोर रहेको अध्यक्ष ज्यूले जानकारी गराउनु भयो ।
अन्त्यमा याक्थुङ र गैर याक्थुङ सबैलाई चासोकको हार्दिक मंगलमय शुभकामना व्यक्त पनि गर्नुभयो ।


प्रतिक्रिया दिनुहोस्