सिक्किममा भव्य रुपमा चासोक तङनाम हुने

सिक्किम, भारत, २४ मंसिर / भारतको सिक्किममा तेस्रो चासोक तङ्नाम सम्मन्न हुने भएको छ । नियारा प्रोडक्सनको मुख्य आयोजना र याक्थुङ् थाङ्वेन मेंछ्या सयङ् कालेम्पङको सह-आयोजनामा चासोक तङनाम बिभिन्न साँस्कृतिक कार्यक्रम माझ सम्पन्न हुने भएको हो ।

कार्यक्रममा नेपालका ख्याति प्राप्त कलाकारहरुको उपस्थिति रहने छ । चासोक तङ्नाममा पुर्व मिस नेपाल २०१४ सुविन लिम्बु, गायक कुशल थलङ्, गायिका सिता सिंघक, सुनिता थेगिम, गायक कवि नुनाम केरुङ् र मोडल सुम्निमा तुम्वापो लगायतका कलाकारहरुको सहभागिता हुनेछ ।

यस पटकको चासोक तङ्नामले बिषेश गरि सिक्किममा छरिएर रहेका लिम्बु समुदायलाई एकत्रित गराउने र लोप हुदैँ गएको आफ्नो मौलिक संस्कार र संस्कृतिको जर्गेना गर्ने उदेश्यले चासोक तङ्नाम आयोजना हुने भएकोे हो । सिक्किममा रहेका सम्पुर्ण लिम्बुहरुले आफ्नो संस्कार-संस्कृति, रिति-रिवाज, भाषा र धर्मको सम्मान र संरक्षण गर्न यस पटकको कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले अपेक्षा गरेका छन् । चासोक तङ्नाम डिसेम्वर १४ देखि १६ तारिख सम्म सिक्किमको सांरम्सा खेतको रानीपुल नजिक भव्य रुपमा सम्पन्न हुने भएको छ ।


प्रतिक्रिया दिनुहोस्