निर्देशक लोकेन साँवाको निर्देशनमा ‘केसाङ्ला मुक्ते सिर्लिङर्लिङ’ गित युट्युव मार्फत सार्वजानिक (भिडियो सहित)

काठमाडौं, २५ मंसिर / चर्चित निर्देशक लोकेन साँवाको निर्देशनमा चलचित्र केःसाङ्लाको शिर्ष गित ‘केसाङ्ला मुक्ते सिर्लिङर्लिङ‘ युट्युव मार्फत सार्वजानिक भएको छ ।

गायिका श्रेयासी चेम्जोङको स्वरमा रहेको यस गितलाई यासेली योङहाङले रचना गरेका हुन् । डिसेम्बर २३ तारिख हङकङको या मा तेई स्थीत कम्युनिटी हलबाट प्रदर्शन शुरु हुन लागेको यस चलचित्रलाई भीम तुम्बाहाम्फेले निर्माण गरेका हुन् । भीम तुम्बाहाम्फेकै मुख्य भूमिका रहेको चलचित्रमा अन्य कलाकारहरु लक्ष्मी योङहाङ, विशाल सेनेहाङ, याम्निङ्वा योङहाङ, मेनुका सावदेन, सनम पहाङ्गो लिम्बू, हर्क बहादुर लुम्फुङवा, चन्द्र कुमार लेक्वा, महिमा लिम्बू, गंगा तुम्बाहाम्फे, भूपेन्द्र तुम्बाहाम्फे, दिनेश माङ्मु आदि कलाकार छन् ।

देवेन्द्र सुर्केलीको पटकथा, भूपेन्द्र तुम्बाहाम्फेको छायांकन, दिनेश माङ्मुको कोरियोग्राफ रहेको चलचित्रको कथा लेखन तथा निर्देशन लोकेन साँवाले गरेका हुन् । केसाङ्ला चोक्फुङ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो । केसाङ्ला मुक्ते सिर्लिङर्लिङ गितको भिडियोलाई मंसिर २३ गते आसेवारो प्रोडक्सनको युट्युव च्यानलबाट सार्बजानिक गरिएको छ ।

-भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस ।


प्रतिक्रिया दिनुहोस्