ताप्लेजुङमा सात महिनाभित्र चारवटा झोलुङ्गे पुल बन्ने

ताप्लेजुङ, २५ मङ्सिर । ताप्लेजुङमा तमोर नदी लगायत विभिन्न ठाउँमा आगामी साढे सात महिनाभित्र चारवटा झोलुङ्गे पुल बन्ने भएको छ । जिल्लाका विभिन्न स्थानीय तह तथा वडाहरु जोड्नेगरी १ नं। प्रदेश सरकारको योजनाबाट चालू आर्थिक वर्ष २०७५र७६ भित्र उक्त पुलहरु बन्ने भएको हो ।

प्रदेश नं. १ नेकपाका संसदीय दलका उपनेता तथा प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङका स्वकीय सचिव प्रजिन हाङ्बाङका अनुसार सदरमुकाम अवस्थित फुङ्लिङ नगरपालिका–३ भाटे र आठराई त्रिबेणी गाउँपालिका–२ आम्बोटे फुलबारी जोड्ने तमोर नदीमा झोलुङ्गे पुल बन्ने भएको छ । तमोर नदीको उक्त झोलुङ्गे पुलका लागि प्रदेश सरकारबाट ५० लाख रुपियाँ बिनियोजन भएको हाङ्बाङले जानकारी दिए ।

यस्तै मेरिङ्देन गाउँपालिका–६ नाल्बु र मिक्वाखोला गाउँपालिका–५ पापुङ जोड्ने सिवाखोला झोलुङ्गे पुलका लागि ३२ लाख रुपियाँ, फुङ्लिङ नगरपालिका–११ फावाखोला र सिरिजङ्घा गाउँपालिका–३ सिकैँचाको सुकुतेम्बे जोड्ने फावाखोला झोलुङ्गे पुलको लागि २५ लाख रुपियाँ बिनियोजन भएको उनले जानकारी दिए । उनका अनुसार अर्को सिरिजङ्घा गाउँपालिका–८ याम्फुदिनस्थित पहेलेखोला झोलुङ्गे पुलका लागि २५ लाख रुपियाँ बिनियोजन भएको छ ।

झोलुङ्गे पुल निर्माणका लागि धरानस्थित टीबीएसयु नामक संस्थाको प्राविधिक सहयोग रहने पनि उनले जानकारी दिए । जिल्लाको छुट्टाछुट्टै चार ठाउँमा निर्माण हुने झोलुङ्गे पुलको विस्तृत योजना प्रतिवेदन ९डीपीर० तयार गर्नका लागि टीवीएसयुका प्राविधिक पदम नेपालीको टोली कार्यक्षेत्रमा खटिसकेको पनि बताइएको छ । यता नदी तथा खोला वारपार गर्नलाई समस्या खेप्दै आएका स्थानीयबासीले भने झोलुङ्गे पुल निर्माणका लागि पहल गरिदिएको भन्दै टङ्क आङ्बुहाङ, बलबहादुर साम्सोहाङ लगायत जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्यहरुप्रति आभार व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्