ला लिगाः आज चार खेल हुँदै

काठमाडौं  /  १५ औं हप्ताको सुरुवाती  स्पेनिस ला लिगाअन्तर्गत शनिबार आज राति चार खेल हुँदैछन् । आजको पहिलो खेलमा नवौं स्थानको गेटाफे र १३ औं स्थानको रियल सोसिडाड भिड्दैछन् । गेटाफेको घरेलु मैदानमा हुने सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेदेखि सुरू हुँदैछ ।

दोस्रो खेलमा अंक तालिकाको तस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडले १२ औं स्थानको भाल्लाडोलिडसँग खेल्दैछ । २८ अंक रहेको एथलेटिको र २० अंक रहेको भाल्लाडोलिडबीचको यो खेल राति ९ बजेदेखि सुरू हुँदैछ ।

यसैगरी  रियल मड्रिडले रायो भाल्लेकानोसँग खैल्दैछ । यी दुईबीचको खेल राति ११ः१५ देखि सुरू हुँदैछ । रियल जारी लिगमा २६ अंकका साथ चौथो स्थानमा छ भने भाल्लेकानो १० अंकका साथ १९ औं स्थानमा छ ।

रियलले १५ खेल खेल्दा ८ खेलमा जित २ खेलमा बराबरी र ५ खेलमा पराजय भोगेको छ । ऊसले आजको खेलमा पुछारदेखि दोस्रो स्थानको भाल्लेकानोलाई पराजित गर्दै शीर्ष स्थानको बार्सिलोनासँग अंकदूरी कम गर्न चाहन्छ ।

समान १५ खेल खेलेको बार्सिलोना ३१ अंकका साथ शीर्ष स्थानमा छ । आजको खेलमा रियलले जित निकाल्दा उसँग बार्सिलोनाभन्दा २ अंक कम हुनेछ ।

यसैगरी आजको अन्तिम खेलमा इएबारले भ्यालेन्सियासँग खेल्दैछ । इएबार १९ अंकका साथ १४ औं स्थानमा छ भने भ्यालेन्सिया १८ अंकका साथ १५ औं स्थानमा छ । यी दुईबीचको खेल बिहान १ः३० बजेदेखि सुररू हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्