सालहलाई दोस्रोपटक बीबीसी अफ्रिकन वर्ष अवार्ड

शनिबार, मंसिर २९, /  इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका  २६ वर्षीय फरवार्ड मोहम्मद सालह लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबलर घोषित भएका छन् ।

सलाहले मोरक्कोका मेदी बेनेसा, सेनेगलका केलिडु कुलिबेली, सेनेगलकै साडियो माने र घानाका थोमस पार्टीलाई पछि पार्दै लगातार दोस्रोपटक बीबीसी अफ्रिकन फुटबल घोषित भएका हुन् । सलाहले मतका आधारमा चार खेलाडीलाई पछि पारेको हो ।

बीबीसी अफ्रिकन फुटबलर अवार्ड बेलायती सञ्चार संस्था (बीबीसी)ले हरेक वर्ष प्रदान गर्दै आएको छ । मनोनयनमा परेका खेलाडीबाट अन्तिम चरणका लागि पाँच खेलाडीको छनौट अफ्रिकी फुटबलका विशेषज्ञको प्यानलले गरेका थिए । गएको सिजन सालहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गरेका थिए ।  एजेन्सी


प्रतिक्रिया दिनुहोस्