कांग्रेस बलियो बनाउन भातृ संस्था सक्रिय बनाउनु पर्छ – शाह

काठमाडौं /  नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले काँग्रेसलाई बलियो बनाउन भातृ संस्थालाई सकृय बनाउनु पर्ने बताउनु भएको छ।

रेडियो अन्नपूर्णको मुल प्रवाहमा अन्तरवार्ता दिदै नेता शाहले ६५ प्रतिशत किसान भएको देशमा कांग्रेसले किसान संघलाई सकृय बनाउन नसक्नु भनेको आफू कम्जोर हुनु भएको बताउनु भएको छ। उहाले नेपाली काँग्रेसका भातृ संगठन नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, महिला संघ लगायत भातृ संस्था निकै निष्क्रिय र आन्तरिक कलहमा फसेको बताउनु भयो।

देशमा कम्युनिस्ट शक्ति निकै हावी भएको र देशलाई सम्पुर्ण रुप कब्जा गर्न लागेको भन्दै नेता शाहले देशलाई दुर्घटनाबाट बचाउन पनि काँग्रेस बलियो हुनुपर्ने बताउनु भयो। आफुलाई युवा भन्ने नेता साथीहरूले पार्टी भित्रका ससाना बिवाद मिडियामा ल्याएर पनि काँग्रेस कम्जोर भएको शाहको ठहर छ।


प्रतिक्रिया दिनुहोस्