रियल तेस्रो स्थानमा उक्लियो, एट्लेटिको म्याड्रिडको संघर्षपूर्ण जित

मड्रिड  /  ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो ।


यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष दुईमा रहेको बार्सिलोना र एट्लेटिकोको ३१ अंक छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ । बेन्जेमाले खेलको १३औं मिनेटमा लुकास भास्क्वेजको पासलाई गोलमा परिणत गरेका थिए ।  प्रतिस्पर्धात्मक बनेको खेलमा त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा रियलले १–० को जित निकाल्न सफल भयो ।

शनिबार राति नै भएको अर्काे खेलमा एट्लेटिको म्याड्रिडले रियल भालाडोलिडमाथि ३–२ को संघर्षपूर्ण जित निकालेको छ । एट्लेटिकोको जितमा एन्टोइन ग्रिजमनले २ तथा निकोला कालिनिक एक गोल गरे ।

जितपछि एट्लेटिकोले लिगको शीर्षस्थानमा रहेको बार्सिलोनासँगको अंक बराबरी गरेको छ । तर, गोल अन्तरमा एट्लेटिको दोस्रो स्थानमा रहेको छ । दुवै टोलीको ३१ अंक छ । यद्दपि बार्सिलोनाले एक खेल कम खेलेको छ , एजेन्सी


प्रतिक्रिया दिनुहोस्