बार्सिलोनाको शीर्ष स्थान कायमै, मेस्सी गरे ह्याट्रिक

काठमाडौं  /  स्पेनिस ला लिगाअन्र्तगत लिग लिडर बार्सिलोनाले लेभान्टेलाई ५–० ले हराएर शीर्ष स्थान कायमै राखेको छ । बार्सिलोनालाई जिताउन स्टार खेलाडी लियोनल मेस्सीले ह्याट्रिक पूरा गरे भने लुइस स्वारेजले र जेरार्ड पीकेले समान एक–एक गोल गरे । मेस्सीले आफ्नो ३१ औं ह्याट्रिक पूरा गरे ।

खेलको ३५ औं मिनेटमा स्वारेजले गोल गर्दै सुरुवाती अग्रता दिलाउँदा मेस्सीले ४३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । पहिलो हाफ २–० गोलले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थप्यो । उसका लागि मेस्सीले पहिलो हाफको सुरूआत मै गोल गरे । उनले खेलको ४७ औं मिनेटमा गोल गरेका थिए भने ६० औं मिनेटमा फेरि गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे ।

त्यसपछि ०–४ ले अगाडि रहेको बार्सिलोनाका लागि पीकेले खेलको ८८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ५–० को जित दिलाए । जितसँगै बार्सिलोनाले ३४ अंकका साथ शीर्ष स्थान कायम राखेको छ । दोस्रो स्थानको सेभिल्लासँग समान खेलबाट ३१ अंक रहेको छ भने तेस्रो स्थानको एथ्लेटिको मड्रिडसँग पनि समान ३१ अंक छ । ऊ गोल अन्तरको आधारमा पछि परेको छ ।


प्रतिक्रिया दिनुहोस्