मिस्टर तथा मिस टिन शेर्पाको अडिसन शुरु

काठमाडौं – मिस्टर तथा मिस टिन शेर्पा (सिजन – १०) को अडिसन शनिबारबाट शुरु भएको छ ।

गौतम बुद्ध फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागिरहेको मिस टिन शेर्पाको पहिलो अडिसन राजधानीमा सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट प्रतियोतिामा भाग लिनका लागि आएका थिए । पहिलो अडिसन अन्तरर्गत ४३ जना भन्दा बढीले सहभागिता जनाएका दिए । पहिलो अडिसनमा छुटेकाहरुलाई पौष महिनाको ६ गते अडिसन लिने गौतम बुद्ध फिल्मस्का संस्थापक छिरिङ डोमा शेर्पाले बताए ।

उनले भनिन् – ‘विभिन्न समुदायले यस्ता कार्यक्रमको आयोजना गर्दै आएका छन् तर हाम्रो शेर्पा समुदायको भने यो पहिलो कामको शुरुवात हो, आफ्नो भाषा र संस्कृतिलाई बचाउन तथा शेर्पा समुदायहरुमा लुकेर रहेका नयाँ –नयाँ प्रतिभाहरुलाई बाहिर ल्याउँनका लागि यो कार्यक्रम गरेको हो ।’ यसको फाइनल राउण्ड भने पौष २८ गते शनिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्