च्याम्पियन्स लिग ड्रः युभेन्टसको विरुद्ध एथ्लेटिको, युनाईटेड विरुद्ध पीएसजी

काठमाडौं  /  च्याम्पियन्स लिगको अन्तिम १६ को ‘ड्र’ सोमबार साँझ युरोपियन फुटबल एसोसिएसनले सो अन्तिम ड्र सार्वजनिक गरेको हो ।

स्वीट्जरल्यान्डको नियोनमा भएको ड्रअनुसार इटालियन क्लब युभेन्टसले स्पेनिस क्लब एथ्लेटिकोसँग भिड्नु पर्ने भएको छ । यस्तै इंग्लिस क्लब म्यान्चेष्टर युनाईटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग खेल्नुपर्ने भएको छ ।

च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग फेब्रुवरी १२ र १३ मा हुनेछ । होम एण्ड अवेको आधारमा हुने अन्तिम १६ को खेलहरुको दोस्रो लेग भने १९ र २० फेब्रुवरीमा हुनेछ ।


प्रतिक्रिया दिनुहोस्