पूर्व लडाकुको आमरण अनसनमा पूर्व जनमुक्ति सेना नेपालको ऐज्ञबद्धता

काठमाडौं पौष ४ /  आप्नो त्याग,तपस्या र बलिदानको उचित सम्मान सहितको माग राखि विगत ४ दिनदेखि लगातार आमरण अनसनमा बसेका पूर्व लडाकुको आन्दोलनमा पूर्व जनमुतिm सेना नेपालले ऐज्ञबद्धता जनाएको छ ।

महान जनयुद्ध तथा गणतन्त्र प्राप्तिको महान अभियानमा घाईते तथा अपा भएका तमाम योद्धाहरुको आजसम्म पनि यथोचित ब्यावस्था गर्न नसकेको साथै जायज मागहरुको साटो अनसन स्थलबाट जबरजस्ति उठाएर लैजाने हर्कतको विरुद्धमा समेत पूर्व जनमुक्ति सेना नेपालले घोर भत्र्सना गरेको छ ।

यस अघि पूर्व जनमुक्ति सेना नेपालले जनमुक्ति सेनालगायत घाइते, अपाङ्ग, शहिद तथा बेपत्ता योद्धाहरुलाई गणतान्त्रीक योद्धा घोषणा गरि राष्ट्रिय सम्मान सहित परिचय पत्र प्रदान गरिनु पर्ने ,वर्हिगर्मित ४ हजार ८ जना जनमुक्ति सेनाको समस्या तत्काल समाधान गरिनु पर्ने, नेपाल सरकारको मन्त्रीपरिषदबाट घोषणा गरिएको ८४ करोड रुपैयाँको तत्काल बितरण गरिनु पर्ने लगायतका १२ बुँदे मागहरु राख्दै लगातार आन्दोलित हुँदै आएको छ । ।


प्रतिक्रिया दिनुहोस्