मेस्सी र डेम्बेलेले गोल गरेपछि बार्सिलोनाको ३ अंकको अग्रता



बार्सिलोना / बार्सिलोनाले सेल्टा डि भिगोलाई पराजित गर्दै स्पेनिस ला लिगा फुटबलमा स्पष्ट ३ अंकको अग्रता बनाउन सफल भएको छ ।

बार्सिलोनालाई घरेलु मैदानमा जिताउन औसमाने डेम्वेले र कप्तान लियोनेल मेस्सीले गोल गरे । खेलको १०औं मिनेटमा डेम्बेलेको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । ४४औं मिनेटमा मेस्सीले गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा २–० को अग्रता बनायो ।

त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना २–० को जित निकाल्न सफल भयो । जितपछि बार्सिलोनाको १७ खेलबाट ३७ अंक जोडेर लिगको शीर्षस्थानमा रहेको छ । एट्लेटिको मड्रिडको समान खेलबाटै ३४ अंक छ । पराजित सेल्टा डि भिगो २१ अंक जोडेर १०औं स्थानमा छ ।

शनिबारै राति भएको खेलमा एन्टोइन ग्रिजम्यानको पेनाल्टी गोलमा एट्लेटिकोले इस्पान्योललाई १–० ले पराजित गरेको छ । एजेन्सी


प्रतिक्रिया दिनुहोस्