अपरिचित व्यक्तिको कुटाइबाट वृद्धको मृत्यु

बैतडी, ९ पुस / अपरिचित व्यक्तिको कुटाइबाट गए राति बैतडीमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्

गए राति १ बजे अपरिचित व्यक्ति घरमा प्रवेश गरी मृतक जसु र उनकी २१ वर्षीया बुहारी लक्ष्मी बोहरालाई कुटपिट गरेका थिए । कुटपिटबाट लक्ष्मी घाइते भएकी छन् । अहिले प्रहरीको टोली घटनास्थलतर्फ खटिएको छ । घटनास्थल बैतडी र बझाङको सीमा नजिक पर्दछ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ । रासस




प्रतिक्रिया दिनुहोस्