मलेसिया पनि चासोक तङनाम मनाइयो

याक्थुङहरुको महान चाड चासोक तङ्नाम मलेसियामा भव्यताका साथ सम्पन्न भएको छ । मलेसियामा युमा साम्यो महासभा गठन भएपछी पहिलो पटक याक्थुङहरुको महान चाँड मनाउने बन्दोबस्त मिलाएको थियो ।


मलेसियाको राजधानी क्वालालम्पुर स्थित विशेष गरेर विदेशी नागरिकको चहलपहल हुने ठाँउ कोताराया रहेको गाउँ बेसि दोहोरी साँझको हलमा औपचारिक रुपमा चासोक तङनाम कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति महासंघका कार्यवाहक अध्यक्ष राम तामाङ र विशेष अतिथि संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास समितिका वरिष्ठ उपाध्यक्ष इन्द्र कुमार आङ्बुहाङले दियो बालेर र नामयोबा धुप जलाएर कार्यक्रमको उदघाटन गरे सँगै हलमा सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली राष्ट्रिय गान गुञ्जियो । लगत्तै युमा साम्यो महासभा मलेसियाका कोषाध्यक्ष रबिन पालुङवाले स्वागत मन्तव्य मार्फत सबैलाई स्वागत गरे पछि गायक तुलसी लिम्बू माबुहाङले युमा माङको युमा आराधना पाठ गरेका थिए ।
पहिलो शुभकामना मन्तव्य दिदै धादिङ सेवा समाज मलेसियाका अध्यक्ष डिल्ली प्रसाद छतकुलीले लिम्बूहरु प्राकृति पुजक र बाली नाली पाकेपछि देउतालाइ चढाएर मात्रै खाने गरेको थाहा पाएको खुलासा गरे ।
कार्यक्रमलाई थप मनोरञ्जन दिनको लागि गायक तुलसी लिम्बू माबुहाङ र युमा साम्यो महसभा मलेसियाका सल्लाहकार मचिन्द्र ताम्ली लिम्बूले पालाम गाएर रौनकता थपेका थिए साथै तुलसी लिम्बू माबुहाङले नै चासोन तङनाम बोलको लिम्बू भाषाको गाएर थप मनोरञ्जन गराएका थिए ।
अन्य बक्ताहरुमा ओखलढुंगा सेवा समाजका अध्यक्ष डम्बर चौलागाईं र साहित्यकार तथा पार्सल कथाका लेखक जीवन देवान गाउनेले पनि शुभकामना मन्तव्य राखेका थिए ।
आयोजकको तर्फबाट चासोक तङनाम र युमा साम्योको बारेमा बोल्ने क्रममा युमा साम्यो महासभा प्रवास समिति मलेसियाका वरिष्ठ प्रथम उपाध्यक्ष उदय पूर्वेली चोङ्बाङ्क्याकले सत्यहाङ् पन्थीले याक्थुङ् लिम्बू जातिको मौलिक परम्परालाई हिन्दु धर्मको अर्दली बनेर सखाप बनाउन खोजेकोमा कडा टिप्पणी गर्दै, युमा साम्योको उद्देश्य र औचित्य माथि प्रकाश पार्दै, भावी रणनीतिको बारेमा महत्त्वपूर्ण कुराहरू उठान गर्नुभएको थियोे। तेसै गरि युमा साम्यो महासभा मलेसियाका सल्लाहकार केबि इम्सङ ज्यूले याक्थुङहरुमा कलह हुनुमा राज्यसत्ताकै हात रहेको जिकिर गर्नुभयो । जोसमुनी पन्थ हिन्दुको एक पन्थ हो तसर्थ राज्यसत्ताले नि सतेहाङमाहरुलाई उचालेमा दुई मत नरहेको बनाउनु भयो । र याक्थुङहरु अहिले नै फुट भएको चाहिँ नभनौ तर सतेहाङहरु नसुध्रीए लिम्बुवानमा ठूलो बिद्रोह हुने धरणा राख्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी नेपाली आदिवासी जनजाती महासंघ मलेसियाका कार्यवाहक अध्यक्ष राम तामाङले चासोक तङनामको शुभकामना दिदै लिम्बूहरुले व्यापक रुपमा आफ्नो पहिचानको चाड मनाउन थालेको देखेर खुसी भएको धारणा राख्नु भयो र युमा साम्यो र सतेहाङ विच एकता हुनुहोस् भनेर पनि सुझाव दिनुभयो । आदिवासीहरु अहिले प्राय सबै जातिमा फुट भएको देखेर दुख ब्यक्त गर्नुभयो र अन्त्यमा नेपाल सरकारले आदिवासीहरुको चाँडहरुमा विदा कटौती गरेर विभेद गरेको आरोप लाउनु भयो र यथाशीघ्र फिर्ता लिएर सबै आदिवासीहरुलाइ न्याय दिनुपर्छ भन्नेमा जोड दिनुभयो ।
यस कार्यक्रमलाई सफल तुल्याउनका निम्ति सुर्केली किचन एण्ड खाजाघर, जोहोर । स्टार स्काई सेक्युरिटी एण्ड इन्भेस्टिगेटर मलेसिया, किरात राई यायोक्खा क्षेत्रीय समिति जोहोर र काठमाडौं रेस्टुरेन्ट क्वालालम्पुरले सहप्रायोजन गरेका थिए भनेस मिडिया पार्टनरको रुपमा नयाँ अनलाइन र हमार सनेसको साथ रहेको थियो। फोटो सुटमा बालन्द माबो र प्राविधिक तर्फ शर्मिला रायमाझीले सहयोग गर्नुभएको थियो।
अन्त्यमा, कार्यक्रमको अध्यक्षता गरिरहनुभएका युमा साम्यो महासभा प्रवास समितिका अध्यक्ष पेशल माबुहाङ् ९दिलदुस्खी जन्तरे० ज्यू ले याक्थुङ् लिम्बू समुदायको महान पर्व चासोक तङ्नामको मुन्धुमी मिथकीय पक्षलाई बिस्तृत रुपमा ब्याखा गर्दै, शान्त र सौहार्दपूर्ण वातावरणमा कार्यक्रम भएकोले खुसी व्यक्त गर्दै सबैलाई चासोकको शुभकामना दिदै सभा बिसर्जन भएको उद्घोष गरेपछि कार्यक्रम समापन भयो । कार्यक्रमको संचालन युमा साम्यो महासभा मलेसियाका महासचिव सुमन यक्तेन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्