ताप्लेजुङको फक्त्ताङलुङ गाउँपालिकामा जनता बैंक लिमिटेडको शाखा विस्तार


ताप्लेजुङ / जनता बैंक लिमिटेडको शाखा विस्तारले निरन्तर वित्तीय सेवामार्फत पनि संघियतालाई दह्रो बनाउने उद्देश्यले स्थानीयतहबाटै सेवादिनको लागि बैंकिङ्ग सेवा ७६६ स्थानीय तहमापुग्नु पर्ने नियमन निकाय र सरकारको लक्ष अनुसार दुर्गम स्थानका स्थानीय तह सम्म शाखा पु¥याउन लागिरहेको छ ।

जनता बैंक नेपाललिमिटेडले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा सोमबार नयाँ शाखा विस्तार गरिउको हो । फक्त्ताङ लुङगाउँपालिका वडा नं। ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७औं शाखा हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गा।वि।स। मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो गाउँपालिका हो । यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल हुनेछन् । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्