माओको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय

काठमाडौँ, ११ पुस / नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ क्रान्तिका नेता माओत्सेतुङको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनुभएको छ ।

माओको १२५औँ जन्म दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले माओले विकास गर्नुभएको दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विचार समृद्ध नेपाल निर्माणका लागि स्मरणीय रहेको बताउनुभयो ।

माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक राष्ट्र चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवादी क्रान्तिको प्रक्रियामा अगाडि बढाउनुभएको अध्यक्ष दाहालले उल्लेख गर्नुभयो । रासस




प्रतिक्रिया दिनुहोस्