छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईदैं

चितनवन , १७ पुस । चितवनमा मंगलबार छैटौँ राष्ट्रिय पोल्ट्री दिवस विभिन्न कार्यक्रम गरि मनाईरहेको छ । पाँच वर्ष अघि २०७० सालमा सरकारले पुस १७ गतेलाई पोल्ट्री दिवस मनाउने निर्णय गरेको थियो ।
अहिले पुर्वी चितवनको रत्ननगर स्थित होटल स्टार बैँक्विटमा बृहत अन्र्तकृया कार्यक्रम भईरहेको छ । यस अघि शोभा ¥याली समेत निकालिएको थियो । ¥यालीले रत्ननगरको टाडीँ बजारको परिक्रमा गरेका थिए । । यसै अवसरमा आज भरतपुर स्थित क्यान्सर हस्पिटलमा निःशुल्क अण्डा वितरण गरिने ह्याचारी संघ चितवनका अध्यक्ष ज्ञान बहादुर विसुरालले जानकारी दिनुभयो ।

पोल्ट्री दिवसलाई पोल्ट्री व्यवसायीको चाडको रुपमा मनाउनुपर्छ भन्ने मान्यताअनुरुप रत्ननगरमा समग्र पोल्ट्री क्षेत्रको विकासको लागि नीतिगत गोष्ठी आयोजना गरेर मनाउन लागिएको अध्यक्ष विसुरालले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्