चलचित्र सायाबुङ कोरिया,हङकङ,लगायत अन्य बिभिन्न राष्ट्रहरुमा प्रर्दशन हुँदै

काठमाडौं / किरात राई सँस्कार सस्कृतिमा आधारित चलचित्र सायाबुङ दक्षिण कोरियाको राजधानी सौलमा जनवरी १३ तारिखका दिन प्रर्दशन हुने भएको छ ।

विशेष गरि दक्षिण कोरियामा रहेका नेपालीहरू मिलि सञ्चालन गरेको संस्था मिलिजुलि सहयोगी मनको पहलमा प्रर्दशन हुने भएको हो। राजधानी लगायत अन्य दुई ठाँउमा पनि प्रर्दशन गर्ने योजना तय भएको आयोजकले बताएका छन । साया राईको कथा, निर्माण तथा दि पाल्म ग्रुपको ब्यानरमा निर्मित चलचित्र सायाबुङ कोरिया पछि ,साउदी अरब ,हङकङ लगायत भारतका देल्ली ,आसाम,बर्मा,मणिपुर,दार्जिलिङ र सिक्किमका विभिन्न ठाँउहरूमा पनि जनवरीबाट नै प्रर्दशन हुने चलचित्र निर्माती तथा कलाकार साया राईले जानकारी दिएकी छिन्। यस अघि काठमाडौं लगायत नेपालको बिभिन्न ठााउहरुमा पनि प्रदर्सन भइसकेको छ ।
हिमाली भेगमा गोठ बसाएर जीवन निर्वाह गर्ने गोठालो र किराँती बस्ति बिचको माया प्रेम ,सँस्कार सस्कृति रहनसहनको कथालाई यस चलचित्रमा समाबेस गरिएको छ । चलचित्र सायाबुङ सबैले हेर्न मिल्ने भएको हुँदा नेपाल अधिराज्य भरिको हलहरूमा पनि चल्न पाउने गरि युनिभर्सल सटिफिकेट समेत प्राप्त गरिसकेको छ।

,नेपालको पृर्वी क्षेत्र पाँचथरको उच्च भेग सिदेन, सन्दकपुर फालोट ,फिदिम सिलौटी लगायत भारत, मणिपुरको बिभिन्न रमणिय स्थलहरुमा छायाङन गरिएको छ । यस चलचित्रमा भक्त सुनुवार ,उदय नेम्बाङ भगिराज राईको शब्द सङ्गीत र दिपक लिम्बू,रजिना रिमाल,दिपा लामा उदय नेम्बाङको आवाज रहेको छ । चलचित्रमा पार्श्व सङ्गीत धनु ज्ञाङमि,छायाङकन सम्पादन देबजंग थापा ,भाषा सम्पादन सगुन सुसरा लेखन निर्देशन भगिराज राईको रहेको चलचित्रमा सौजन सुब्बा,निसा राई,राहुल राई ,साया राई,सगुन सुसरा,दिब्या आङदेम्बे,दर्पण राई मुख्य भुमिका देख्न सकिन्छ।
निर्माण पक्षमा श्री प्रसाद यवा,कल्पि साङपाङ,राहुल राई बोगिको टाईसन केरूङ,पदम लिम्बू पावल, किराँती चेलि बिसन,नरेन्द्र चाम्लिङ,सुबु राई,योगेश मुक्सु रहेका छन । आयोजक संस्था मिलिजुलि सहयोगी मनले बिगत र बर्तमानमा निरन्तर रुपमा बिपन्न तथा असहाय, औषधी उपचारबाट बन्चितहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्