हिमालयन रिभरगाईड एसोसियसन नेपालको अध्यक्षमा मानध्वज गुरुङ निर्वाचित

चरौँदी,१८ पुस । हिमालयन रिभरगाईड एसोसियसन नेपाल(Himalayan River Guide Association Nepal) को अध्यक्षमा मानध्वज गुरुङ चयन हुनुभएको छ ।धादिङको बेनघिाट रोराङ गाउँपालिका स्थित चरौँदीमा सम्पन्न एसोसियसनको १२ औँ बार्षिक साधारण सभा तथा अधिवेशन(12th Annual General mitting)ले मानध्वज गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

अधिवेशनले उपाध्यक्षमा सिपक सिलवाल, महासचिवमा तपन गुरुङ्ग, सचिवमा सायस घिमिरे र कोषाध्यक्षमा दान बहादुर गरुङ्गलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा डोल बहादुर गुरुङ्ग, भिम बहादुर मगर, यज्ञ नारायण श्रेष्ठ, अमृत गुरुङ, पदम गुरुङ्ग र निरञ्जन गुरुङ रहेका छन् ।

साउथ एसिय रेसक्यु थ्री इनटरनेशनल (south asia rescue 3 international (WRT) का इन्स्टक्चर (instuctur) चन्द्र आलेको प्रमुख आतिथ्य तथा मनिषकुमार राईको सभापतित्वमा बार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको नेपाल राफ्ट एण्ड कायक क्लब फिस्लिङ (NEPAL RAFT AND KAYAK CLUB FISHLING) काअध्यक्ष मिलन गुरुङले जानकारी दिनुभयो । ।

हिमालयन रिभरगाईड एसोसियसन (Himalayan River Guide Association )नदी पेशामा आवद्ध रिभरगाईडको हकहितका लागि खोलिएको एक मात्र संगठन हो । यो संगठन २००७ (2007) मा स्थापना भएको हो ।


प्रतिक्रिया दिनुहोस्