ताप्लेजुङ सरोकार समाजको घोषणा सभाको सम्पूर्ण तयारी पुरा

काठमाडौं १९ पौष,/ ताप्लेजुङ सरोकार समाजको घोषणा सभाको सम्पुर्ण तयारी पूरा भएको छ । आगामी पौष २१ गते शनिबारका दिन काठमाडौंको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हुन गईरहेको घोषणा सभा कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक डम्बर बहादुर तुम्बाहङ्फेले जानकारी दिएका छन ।

यो संस्था बिशेष गरि ताप्लेजुङबाट काठमाडौं आएर बिभिन्न पेशा ब्यावसायमा आवद्ध भई बसोबास गर्ने आम ताप्लेजुङवासीहरुको बिशुद्ध साझा र स्वतन्त्र संस्थाको रुपमा स्थापना हुन लागेको जनाईएको छ । यस संस्थाले आपनो स्थापनाकालसंगै आम ताप्लेजुङवासहिरुको हितको निम्ती बिभिन्न महत्वपूर्ण योजनाहरु अगाडी बढाउने तयारी गरेको छ ।

यस संस्थाको पहिलो योजना अन्र्तगत ताप्लेजुङ भवन निर्माण गर्ने,कुम्भकर्ण आपतकालिन कोष स्थापना गर्ने,पाथीभरा अक्षयकोष स्थापना गर्ने,कञ्चनजङघा लगानी सहजीकरण समूह स्थापना गर्ने र सामाजिक आर्थिक रुपान्तरण कार्यक्रम स्थापना गर्ने लगायतकका कार्यक्रमहरु रहेको घोषणा सभा कार्यक्रमका संयोजक तुम्बाहङ्फेले बताएका छन् ।

कार्यक्रमलाई ब्यावस्थित र भव्य बनाउनको लागि बिभिन्न उपसमितिहरु निर्माण भएका छन् । इन्द्र कुमार शेर्पाको संयोजकत्वमा १५ सदस्यीय विधान मस्यौदा समिती बनेको छ । त्यसैगरि हरि प्रसाद थलङको संयोजकत्वमा ११ सदस्यीय कार्ययोजना समिती,हरि प्रसाद थापाको संयोजकत्वमा १३ सदस्यीय आर्थिक समिती, मान बहादुर थलङको संयोजकत्वमा १३ सदस्यीय स्वंयम सेवक समिती,,रमेश बरालको संयोजकत्वमा १८ सदस्यीय प्रचार प्रसार समिती र मिङमा कामी शेर्पाको संयोजकत्वमा ११ सदस्यीय कार्यालय ब्यवस्थापन समिती निर्माण भएको छ ।

हजारौं जिल्लावासीको उपस्थितीमा बिभिन्न जातीको धामी झाँकी प्रदर्शन र राष्ट्रिय स्तरका कलाकारहरुको वृहत सांस्कृत कार्यक्रम सहित ताप्लेजुङ सरोकार समाजको घोषणा गरिने प्रचार प्रसार विभाग प्रमुख रमेश बरालले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्