नयाँ संस्था स्थापना हुन लागेको प्रति ताप्लेजुङ सरोकार केन्द्रको आपती

काठमाडौं १९ पौष / काठमाडौं उपत्यकामा बसोवास गर्ने ताप्लेजुङवासीहरुको नयाँ संस्था स्थापना हुन लागेको प्रति ताप्लेजुङ सरोकार केन्द्रले आपती जनाएको छ । ताप्लेजुङ सरोकार केन्द्रलाई बिना कारण विवादित बनाएर नयाँ संस्था स्थापना गर्न लागेको भन्दै सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त सॉंबाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आपती जनाएको छ ।

काठमाडौं उपत्यकामा बसोवास गर्ने ताप्लेजुङवासीहरुको दुस्ख सुखको भरपर्दो साथी र साझा संस्थाको रुपमा ताप्लेजुङ सरोकार केन्द्र स्थापित भएको र सरोकार केन्द्रलाई यो अवस्थामा ल्याई पुर्याउन सबै जिल्लावासीहरुको सहयोग, सद्भभावबाट मात्र संभव भएकोले यस्तो साझा सामाजीक संस्थालाई विवादित बनाउन नहुने र अधिवेशन ताका आफुलाई चित्त नबुझाएर रहनु भएका साथीहरुलाई एकै ठाँउ बसेर छलफल गरि आम ताप्लेजुङवासीहरुको मन मुटुमा रहेको संस्था ताप्लेजुंग सरोकार केन्द्रलाई अझै उच्च बनाउन समेत आग्रह गरेका छन् ।

अध्यक्ष सॉंबाले सॉंझा निकास र समझदारीका निम्ति मैले अध्यक्ष पद त्याग गर्न र नयॉं सर्वसम्मत नेतृत्व निर्माण हुन्छ भने त्यस निम्ति सरोकार केन्द्रको बिशेष साधारण सभा गरेर जान पनि तयार रहेको प्रष्ट पार्दै संस्थाको हित र मर्यादाका लागी ईमान्दारीता पुर्वक त्याग गर्न सकौं र छलफलबाट साझा निकास निकाल्न सबैमा आग्रह समेत गरेका छन । ताप्लेजुङ सरोकार केन्द्रको मंसिर २२ गते सम्पन्न अधिवेशनबाट चित्रगुप्त सॉंबाको अध्यक्षतामा निर्विरोध नयॉं कार्य समिति चयन भएको थियो । उहाँले ब्यक्तिगत आग्रह र पुर्वाग्रहले कुनै पनि संस्थाको हित नहुँने र कसैको पनि हठबाट साझा सामाजीक संस्थालाई विवादित बनानाई सबैले जिल्लावासीहरुको सॉंझा संस्थाको हितका निम्ति त्याग गर्नु पर्ने समेत बताएका छन ।

सरोकार केन्द्रको अधिवेशन प्रति असन्तुष्ट केहि साथीहरुबाट अर्कों संस्था निर्माण गर्ने क्रममा रहनु भएको भन्ने सुन्नमा आएको छ। स्वतन्त्र रुपमा संस्था निर्माण गर्न पाउने जो कोहिको अधिकार हुन्छ नै तर कुनै संस्थासंग जोडेर अर्कों संस्था निर्माण गर्ने कुरा जिल्लावासी र जन्मथलोको लागी केहि गरौ भन्ने सरोकार केन्द्रलाई मॉंया गर्नेका लागी दुस्खद बिषय रहेको उल्लेख गरेका छन् ।

सरोकार केन्द्रको भर्खरै सम्पन्न अधिवेशन र नेतृत्व निर्माण निकै पेचीलो र कठिन रहेको र समझदारी कै निम्ति पटक पटक अधिवेशन स्थगित गरि अधिवेशनको हलले संस्थाका संस्थापक अध्यक्ष डा। भरत प्रधानको सयोजकत्वमा सल्लाहकार अनन्त थेवे, डेलमान गुरुंग, भरत श्रेष्ठ, ध्रुवनारायण श्रेष्ठ, केन्द्रका तत्कालीन अध्यक्ष बालकृष्ण श्रेष्ठ र शिव गुरुंग रहेको ७ सदस्यीय संयोजन समिति बनाई सरोकार केन्द्रको नेतृत्व चयनलाई सहज र समझदारी गर्ने जिम्मेवारी दिएर संयोजन समितिबाट पटक पटक छलफल गरेर निकासको प्रयास भएपनि असफल भएपछि आफुले निकासका निम्न तिन प्रस्तापहरु १. चित्रगुप्त सॉंबालाई सर्व सम्मत अध्यक्ष बनाअौं या विधि र प्रकृयाबाट नेतृत्व निर्माण गरौं
२. संयोजन समितिलाई जिम्मा दिउं समितिले तोकेको ब्यक्तिलाई स्विकार गरौं
३. सल्लाहकार मध्येबाट कसैलाई अध्यक्ष बनाऔं तर यी कुनै बिषयमा सहमति हुन नसके पछि योजना समिति र निर्वाचन समितिले स्थगित अधिवेशन मंसिर २२ गतेका लागी आव्हान गरि मंसिर २२ गते सम्पन्न अधिवेशनबाट निर्विरोध नयॉं कार्य समिति चयन भए पछि केहि असामान्य स्थिति देखा परेको प्रति हामी दुख ब्यतm गरेका छन । आँउदो पौष २१ गते जिल्लावासीकै साझा संस्थाको रुपमा अर्को सस्थाको घोषणा सभा गर्ने तयारी पुरा भएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्